राष्ट्रिय सभाबाट राहदानी विधेयकको संशोधन स्वीकृत

Posted on: 19 Sep, 2019

असोज २, काठमाडौँ | आज बिहिबार बसेको संसद बैठकमा राहदानी विधेयक, २०७५ राष्ट्रिय सभाबाट संशोधन सर्वसम्मत स्वीकृत भएको छ | उक्त बैठकमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले “राहदानी विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

विधेयकको छलफलमा भाग लिदै काँग्रेस सांसद पुष्पा भुषालले राहदानी विधेयक केही परिमार्जन गरिएपनि संशोधनमा राज्य सचेत भएर कर्यविधिमा लैजान जरुरी भएको बताइन् । त्यस्तै नेमकिपाका सांसद प्रेम सुवालले अफिसियल र डिप्लोमेटिक पासपोर्ट दुरुपयोग रोक्ने प्रवधान राख्न माग गरेका थिए ।

छलफलमा उठेका प्रश्नको जवाफ दिँदै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले केही गम्भीर खालका अपराध रहेको र त्यस्ता अभियोग लागेका व्यक्तिलाई मात्रै नहेरी अरु धेरै मानिस प्रभावित हुने भएकाले त्यसैअनुसारको व्यवस्था विधेयकमा गरिएको बताएका थिए । 

उनले कुटनीतिक राहदानी प्राप्त गर्ने अधिकारीले नै विचार गर्नुपर्ने बताएका थिए । मन्त्री ज्ञवालीका जवाफपछि सभामुख महराले विधेयक सर्वस्वीकृत भएको घोषणा गरेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!