जिम्मेवारी बाँडफाँडप्रति असन्तुष्टि जनाउँदै नेकपाको २ नम्बर प्रदेश अध्यक्षबाट साहले दिए राजीनामा

Posted on: 20 Aug, 2019

भदौ ३, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता प्रभु साहले जिम्मेवारी बाँडफाँडप्रति असन्तुष्टि जनाउँदै नेकपाको २ नम्बर प्रदेश अध्यक्ष पदबाट राजीनामा दिएका छन् । साहले मङ्गलबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर प्रदेश अध्यक्ष पदबाट राजीनामा दिएका हुन् ।

पार्टी एकीकरणका क्रममा भएको जिल्ला र प्रदेश कमिटि चयनप्रति असहमति जनाउँदै साहले राजीनामा दिएको साहले बताएका छन् । साह स्थायी कमिटी सदस्यका समेत दाबेदार मानिएका थिए । तर तत्कालिन एमाले र माओवादी केन्द्रबीचको एकतापछि बनेको नेकपाको स्थायी कमिटिमा साहको नाम परेको थिएन ।

पछिल्लो पटक प्रदेश सदस्यहरुको चयन गर्दा समेत आफुसँग कुनै सल्लाह नगरेको साहको गुनासो छ । केही दिनअघि जिल्ला कमिटीको सपथ ग्रहण कार्यक्रम एवम् जनप्रतिनिधिहरूको प्रशिक्षण रोकिएकोमा साहले असन्तुष्टि जनाएका थिए ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!