सरकारविरुद्ध आफ्नो पार्टी कुनै पनि बेला सडक आन्दोलनमा आउन सक्छ:देउवा

Posted on: 19 Aug, 2019

भदौ २, बुटवल । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार प्रजातन्त्रविरोधी भएको प्रष्ट भइसकेको बताएका छन् । साथै सरकारविरुद्ध आफ्नो पार्टी कुनै पनि बेला सडक आन्दोलनमा आउन सक्ने उनले बताए ।

केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सोमबार रुपन्देहीको भैरहवामा गरेको कार्यक्रममा देउवाले मानवअधिकार आयोग, मिडिया काउन्सिल लगायतका विधेयकको विरोध गरे । उनले भने, ‘ अहिले सरकारले जनताका अधिकारहरु खोस्दैछ । मैले त पहिला नै भनेको थिए कि बोल्न पनि पाइँदैन भनेर ।’

सरकारले मानवअधिकार आयोगलाई महान्यायाधिवक्ताको मातहतमा राख्ने खोजेको भन्दै उनले सरकार प्रजातन्त्रविरोधी भएको प्रष्ट भइसकेको बताए । उनले सरकारका प्रजातन्त्रविरोधी कदमहरुको विरोधमा संसदमा संघर्ष गरिरहेको तर, कुनै पनि बेला सडक आन्दोलनमा आउनुपर्ने अवस्था रहेको बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!