जनताका भावना अनुसार काम गर्न नेता भट्टको कार्यकर्तालाई निर्देशन

Posted on: 13 Jun, 2019

सम्राट सिंह | जेठ ३०, बझाङ | नेकपाका स्थायी कमिटी सदस्य तथा पुर्व मन्त्री लेखराज भट्टले जनताको भावना अनुसार काम गर्न कार्यकर्तालाई निर्देशन दिएका छन ।  बुधबार नेकपा बझाङको पार्टी एकतापछि जिल्ला कमिटीलाई सपथ ग्रहण कार्यक्रममा बोल्दै नेता भट्टले कार्यकर्तालाई जनताको भावना अनुसार काम गर्न निर्देशन दिएका हुन ।


नेता भट्टले अब हरेक नेकपाका कार्यकर्ता तथा शुभ चिन्तकहरुले गाउँ गाउँमा गएर जनताको मन भावना बुझ्ने, जनताका आवश्यकता अनुसार काम गरेर जनताको मन जित्नुपर्ने बताए । एकता संङघर्ष,रुपान्तरणको विधिबाट आफुलाई रुपान्तरण गरी आफु भित्र हिजोका कार्यशैली हटाएर नयाँ ढंगले अघि बढ्नुपर्ने उनको भनाइ छ । 

दुई ठूला कम्न्यूष्ट पार्टी एकता भएको झण्डै एक बर्षपछि जिल्ला कमिटीले पूर्णता पाएको छ । अध्यक्षमा पुर्व माओवादी केन्द्रका युवा नेता मिन बहादुर कुँबर र सचिवमा पूर्व समालेका पार्टी सचिव दमन भण्डारीले सफत लिएका छन । 

सफत ग्रहण कार्यक्रममा नेकपाका सुदूरपश्चिम प्रदेशका इन्चार्ज तथा पूर्व रक्षा मन्त्री भिम रावल,स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री लेखराज भट्ट, सह इन्चार्ज लक्ष्मण दत्त जोशी, अध्यक्ष कर्ण बहादुर थापा र सचिव नेप बहादुर चौधरी र अनेरास्वियू केन्द्रिय अध्यक्ष ऐन महर लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।  बझाङमा नेकपाको नयाँ जिल्ला कमिटीमा पूर्व एमाले र माओबादीबीच ६०/४० को भागवण्डा गरी एकता भएको हो । एक सय ३५ सदस्यीय जिल्ला कमिटीमा पूर्व एमालेबाट ८० जना र माओवादीबाट ५५ सदस्य छन् ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!