गगन थापालाई शिक्षा मन्त्रालयको जिम्मा

Posted on: 20 May, 2019

जेठ ६, काठमाडौँ | समाचार शिर्षकले अचम्म बनायो होला, तर अचम्म मान्नु पर्दैन नेपाली कांग्रेसका युवा नेता गगन थापा कांग्रेसले बनाएको छाया सरकारबाट शिक्षा मन्त्रालयको जिम्मा पाएका हुन् । 

सोमबार कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले मन्त्रालयहरुको काम निगरानी गर्न मन्त्रालय स्तरीय समन्वय समिति गठन गरेका हुन् । तीन सदस्यीय समितिहरुमा एकजना संयोजक र अन्य दुईजना सदस्यको रुपमा रहेको संसदीय दलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

देउवाले सोमबार गठन गरेको छाया सरकारमा ज्ञानेन्द्र बहादुर कार्की उर्जा, जालस्रोत तथा सिचाई मन्त्रालयका सयोजक छन् भने डा. नारायण खड्का परराष्ट्र मन्त्रालयका संयोजनको जिम्मा पाएका छन् ।

यस्तै गृह मन्त्रालयको संयोजन दिलेन्द्र प्रसाद वडुले गर्ने छन् भने युवा नेता गगन थापा शिक्षा मन्त्रालयको संयोजन गर्ने छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!