मन्त्री मातृका यादवमाथि कार्यकक्षमै हातपात प्रयास !

Posted on: 15 May, 2019

जेठ १, काठमाडौं । सरुवाको विषयलाई लिएर  नेपाली कांग्रेस निकट कर्मचारी संघका नेताहरुले मन्त्रालयभीत्रै अश्लिल गालि गर्दै हातपात गर्न खोजेका छन् । 

उद्योगमन्त्री मातृका यादवको कार्यकक्षमा सरुवाको विषयलाई लिएर कर्मचारीहरुले मन्त्री यादवमाथि समेत हातपात प्रयास गरेको स्रोतले बताएको छ । कांग्रेस निकट कर्मचारीहरुले शुरुमा निजी सचिव प्रेम आचार्यसँग विवाद गरेका थिए । 

उनीहरुले मन्त्रालय भित्रै अमर्यादित शैलीमा अश्लिल शब्द प्रयोग गर्दै हातपातमा उत्रिएको बताइएको छ । 

कांग्रेस निकट कर्मचारी युनियनका नेता शोभाकर रेग्मीलाई उद्योग विभागमा सरुवा नगरि नेकपा निकट विनोद खड्कालाई पठाइएको बिषय बनाई उनीहरुले मन्त्रीमाथि समेत हातपातको प्रयास गरेको आरोप लगाइएको छ । घटनापछि कांग्रेस निकट संघका नेताहरुलाई नियन्त्रणमा लिन प्रहरी समेत बोलाइएको बताइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!