राष्ट्रपति भण्डारी चीन प्रस्थान

Posted on: 24 Apr, 2019

वैशाख ११ , काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार चीन प्रस्थान गरेकी छन् ।  राष्ट्रपति भण्डारी बेइजिङमा दोस्रो पटक आयोजना हुन लागेको बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेशन सम्मेलनमा भाग लिन बेइजिङ प्रस्थान गरेकी हुन् ।


उनी नेपाल वायु सेवा निगमको उडान नम्बर आरए ००१ बाट ११ बजे सियान हुँदै बेइजिङतर्फ प्रस्थान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

चीन भ्रमणका क्रममा दुवै देशका राष्ट्रपतिबीच उच्चस्तरीय वार्ता हुने र केही सम्झौतामा हस्ताक्षर हुने बताइएको छ । राष्ट्रपति भण्डारी वैशाख १९ गते एयर चाइनाको उडान नम्बर सीए ४०७ विमानबाट काठमाडौं फर्किने छिन् ।

राष्ट्रपति भण्डारीलाई उपराष्ट्रपति नन्दबहादुर पुनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गरेका थिए । साथै नेपाली सेनाको टुकडीले सलामी अर्पण गरेको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!