बाग्लुङका दशै स्थानीय तहमा नेकपाको नेतृत्व चयन, को-को परे ?

Posted on: 24 Apr, 2019

वैशाख ११, बागलुङ (रासस) | जिल्लाका दश वटै स्थानीय तहमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नेतृत्व टुङ्गिएको छ । पार्टी जिल्ला संयन्त्रको सिफारिशका आधारमा गण्डकी प्रदेश समितिले मङ्गलबार नेतृत्वको अन्तिम टुङ्गो लगाएको हो ।

यसअघि पार्टीको जिल्ला संयन्त्र बैठकले पूर्व नेकपा (एमाले) र पूर्व (माओवादी केन्द्र) लाई पाँच÷पाँच स्थानीय तहमा नेतृत्व बाँडफाँट गर्ने निर्णय गरेको थियो । बागलुङ, जैमिनी, ढोरपाटन नगरपालिका, काठेखोला र बडिगाड गाउँपालिकाको अध्यक्ष पद पूर्वएमालेको भागमा परेको छ ।

गलकोट नगरपालिका, ताराखोला, बरेङ, निसीखोला र तमानखोला गाउँपालिकाको नेतृत्व पूर्वमाओवादी केन्द्रले पाएको छ । एउटा दलको अध्यक्ष भएपछि सचिव स्वतः अर्को दलबाट हुने नीतिगत समझदारी बनेको थियो । 

बागलुङ नगरपालिकाको अध्यक्षमा धनबहादुर परियार, सचिवमा इन्द्र केसी, जैमनी नगरपालिकाको अध्यक्षमा इन्द्र थापा, सचिवमा झमन पाण्डे, गलकोट नगरपालिकाको अध्यक्षमा ललित श्रीस, सचिवमा डम्बर श्रीस चुनिनुभएको छ । यस्तै ढोरपाटन नगरपालिकाको अध्यक्षमा लक्ष्मण पुन र सचिवमा भीम गौतमको टुङ्गो लागेको छ । 

काठेखोला गाउँपालिकाको अध्यक्षमा डिलबहादुर कार्की, सचिवमा कृष्ण थापा, बरेङ गाउँपालिकाको अध्यक्षमा प्रदीप थापा, सचिवमा प्रेम पौडेल, ताराखोला गाउँपालिकाको अध्यक्षमा पदम खत्री ‘दिवस’ र सचिवमा धनबहादुर बुढा चयन हुनुभएको छ ।

यस्तै बडिगाड गाउँपालिकाको अध्यक्षमा गुणनिधि घिमिरे, सचिवमा वसन्त थापा, तमानखोला गाउँपालिकाको अध्यक्षमा नरेन्द्र छन्त्याल, सचिवमा लीलबहादुर पुन, निसीखोला गाउँपालिकाको अध्यक्षमा कुवीर विक र सचिवमा रुद्र पौडेल चुनिनुभएको छ ।

गण्डकी प्रदेश समितिको दोस्रो पूर्ण बैठकले स्थानीय तहको नेतृत्व टुङ्गाएको जिल्ला सचिव ज्ञामनाथ गैरे ‘अनिल’ ले बताउनुभयो । पार्टीको जिल्ला संयन्त्रले स्थानीय तहमा सर्वसम्मत नेतृत्व छनोट गरी अनुमोदनका लागि प्रदेश समितिलाई सिफारिश गरेको थियो ।

सोमबार मात्रै पार्टी केन्द्रले जिल्ला समितिको नेतृत्व टुङ्गो लगाएको थियो । जिल्ला अध्यक्षमा इन्द्रलाल सापकोटा र सचिवमा ज्ञामनाथ गेरै ‘अनिल’ चुनिनुभएको छ । सापकोटा पूर्वएमालेबाट र गैरै पूर्वमाओवादी केन्द्रबाट हुनुहुन्छ । जिल्लाका ८५ वटै वडामा पनि एकता प्रक्रिया टुङ्गिएको नेकपा बागलुङले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!