प्रचण्ड भन्छन्- 'कम्युनिष्टहरुले जे भन्छन् त्यही गर्छन्'

Posted on: 22 Apr, 2019

बैशाख ९, काठमाडौं– नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रको एकता र स्वाधीनतालाई सुदृद्ध गर्ने पार्टीको काँधमा महत्वपूर्ण जिम्मेवारी रहेको बताएका छन् । 

सोमबार नेकपा पार्टी स्थापनाको ७० औं वार्षिकोत्सवको अवसरमा आयोजित विशेष समारोहलाई राजधानीमा सम्बोधन गर्दै प्रचण्डले कम्युनिष्ट आन्दोलनलाई नयाँ ढंगले संश्लेषण गर्न जरुरी रहेको बताए । 

उनले देशी विदेशी शक्तिहरुको अवरोधका बीच पार्टी एकता भएको भन्दै त्यो नेपाली जनतासँग भएको प्रतिबद्धता र संकल्प अनुसार भएको बताए । 

उनले गत वर्षको जेठ  १ गते पार्टी एकता गरेर कम्युनिष्टहरुले जे भन्छन्, अन्तत त्यही गर्छन् भन्ने उदाहरण पेश गर्दै एकतामा ढिलाइ भएको भएपनि लक्ष्यमा पुगिछाड्ने  प्रतिबद्धता जनाए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!