पार्टीमा आएको उजुरी अनुशासन समितिले छानबिन गर्ने–संयोजक आङ्देम्बे

Posted on: 22 Mar, 2019


कमल घिमिरे।चैत्र८।पाँचथर,नेपाली काँग्रेस पार्टीमा परेका सबै उजुरीमाथी छानबिन भइ कारबाहि हुने भएको छ । 

भरखरै गठित नेपाली काँग्रेस अनुशासन समितिका संयोजक तथा पार्टीका केन्द्रिय सदस्य भिस्मराज आङ्देम्बेले फिदिमा आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताउनु भएको हो । गुट र उपगुटको नाममा पार्टीको बदनाम गर्ने,अन्तर्घात गर्ने,पार्टीको गलत व्याख्या गर्ने,पार्टीको हानी गर्ने कुनै पनि काम गर्ने जो कोही नेता कार्यकर्तालाइ छानबिन गरि कारबाहि गरिने संयोजक आङ्देम्बेले बताउनुभयो ।

पार्टीमा भएको विश्वासको संकटले ५ सदसिय अनुशासन समिति गठन गरिएको र चाँडै नै समितिको बैठक बसि धेरै संख्यामा आएका उजुरी माथी छानबिन गरिने संयोजक आङ्देम्बेले बताउनुभयो । पार्टीको विरुद्धमा कुरा नगर्न,पार्टी माथि धावा नबोल्न,गुट र उपगुटको नाममा पार्टी विरोधी गतिविधि नगर्न समेत आङ्देम्बेले नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।

नेपाल प्रेस युनियन पाँचथरले आयोजना गरेको पत्रकार सम्मेलनमा संयोक आङ्देम्बे सँगै अन्य पार्टि प्रतिनिधिहरुको पनि उपस्थित रहेको थियो । पार्टि भित्रै एक अर्काको दोषारोपणले गर्दा सरकारको नराम्रो कामलाई खबरदारी गर्न नसकेको संयोजक आङ्देम्बेले बताउनुभयो । सरकारले सिके राउत र विप्लवमाथि गरेको  निर्णय गलत भएको समेत आङ्देम्बेले आरोप लगाउनुभयो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!