विप्लपले कडा चेतावनी दिँदै निकाल्यो यस्तो विज्ञप्ति

Posted on: 14 Mar, 2019

फागुन ३०, काठमाण्डौ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आफूहरु नागरिक र राष्ट्रको भविष्यका लागि लडिरहेकाले चन्दा उठाउनु नैसर्गिक अधिकार भएको दाबी गरेको छ । 

आफ्नोको पार्टीलाई राजनीतिक पार्टीको रुपमा मान्यता नदिएर अपराधी समूह जस्तो व्यवहार गर्ने सरकारी निर्णय हास्यास्पद रहेको भन्दै यस्ता निर्णयले आफूहरु नझुक्ने विप्लप समुहले बताएका छन्  । 

गएको मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विप्लव समूहले आपराधिक गतिविधि गरेको भन्दै प्रतिबन्ध लगाएपछि उसले वक्तव्यमार्फत जवाफ फर्काएको हो ।

प्रतिबन्ध आफ्नो पार्टीलाई नभई राष्ट्र बेचेर खाने, विदेशीको दलाली गर्ने, भ्रष्ट, कमिसनखोर र तस्करहरुसँग मिलेर नागरिकका विरुद्ध अपराध गर्ने राज्यका मन्त्री र उनीहरुका मतियारलाई आफूहरुले प्रतिबन्ध लगाउने पनि विज्ञप्तिमार्फत उसले चेतावनी दिएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!