विप्लव नेकपाको बन्दको प्रभाव सबैभन्दा बढी प्रदेश ५ र कर्णालीमा

Posted on: 14 Mar, 2019

फागुन ३०, बुटवल । विप्लव नेकपाको बन्दको प्रभाव सबैभन्दा बढी प्रदेश नम्बर ५ मा परेको छ । विप्लब नेकपालाई सरकारले प्रतिवन्ध लगाउने घोषणा गरेपछी जनता स-शंकित बनेका छन् । जसको कारण यस अघिका बन्दमा चलाइने सवारी साधन समेत आजको बन्दमा चलाइएका छैनन् । 

विप्लव नेकपाले आह्वान गरेको बन्दको प्रभाव प्रदेश ५ र कर्णाली प्रदेशका सबै जिल्लामा परेको छ । तुलनात्मक रुपमा कर्णाली र प्रदेश ५ विप्लवको सक्रिय प्रभाव क्षेत्र अन्तर्गत पर्छ । बन्दकर्ता सडकमा नदेखिए पनि सडकमा सवारी ठप्प बनेका छन् । त्यसो त कर्णाली र प्रदेश ५ मा मात्र नभई राजधानीमै पनि सवारीसाधन फाटफुट मात्र चलेका छन् भने शैक्षिक सस्था, बजार, उद्योग तथा कलकारखाना ठप्प भएका छन् । अन्य प्रदेशका बिभिन्न स्थानमा बन्दको प्रभाव छ ।  

प्रदेश ५ का विभिन्न बस समिति, जीप समितिहरुका टिकट काउन्टरहरु बन्द छन् । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं ५ विपि चोक नजिकै एक कपडा पसल बाहिर राखेको संकास्पद बस्तु फेला परेको छ । त्यस्तै प्युठानको स्वर्गद्वारी नगरपालिका अगाडिको बाटोमा संकास्पद बस्तु फेला परेको छ । 


यसैबीच, सिद्धार्थ राजमार्गअन्तर्गत बुटवलको कालिकानगरमा बम आशंका गरिएको शंकास्पद वस्तु फेला परेको छ । त्यस्तै प्रदेश ५ कै बुटवलमा मुख्य राजमार्गमै राखिएको बम सेनाको टोलीले डिस्पोज गरेको छ । बुटवल कालिकानगर कालिकाचोकमा डिभाईडरमा कालो टेपले बेरेर राखेको बस्तु डिस्पोज गर्न नेपाली सेनाको टोली घटनास्थल पुगेको थियो । सेनाको टोलीले त्यो बस्तु बम नै रहेको बताएको छ । नेपाली सेनाको २२ नम्बर बाहिनीको टोलीले बम डिस्पोज गरेको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!