प्रचण्ड र ओलीलाई मार्न विप्लवले मान्छे खटाएको सूचना पाएपछी...

Posted on: 12 Mar, 2019

फागुन २८, काठमाडौं । सरकारले विप्लव समुहलाई प्रतिबन्ध लगाउने निर्णय लिए लगत्तै त्यसका भीत्री कारणको खोजि भएको छ । विप्लव समुहले पछील्लो समय एनसेल टावर र बसुन्धारा स्थित बैदेशिक रोजगार व्यावसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा बम हानेका थिए । 

सरकारले बिप्लवसमुह विरुद्ध एक्कासी लिएको ठूलो निर्णयलाई लिएर भित्रभित्रै ठूलै आतंकको आशंका सरकारले गरेको बुझिएको छ । स्रोतका अनुसार पछिल्लो दुई बम काण्डले मात्र नभई विप्लवलाई सरकारले प्रतिबन्ध लगाउनुको कारण अर्कै रहेको दावी गरिएको छ । 

नेत्रविक्रम चन्द विप्लवले नेकपाका अध्यक्ष द्वय प्रचण्ड र ओलीलाई मार्न मान्छे खटाएको प्रधानमन्त्री केपी शर्मा ओलीले दाबी गरेको बताइएको छ । प्रधानमन्त्रीले यस्तो दाबी गरेपछि मंगलबार क्याबिनेटको बैठकले विप्लव समूहमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको बुझिएको छ ।

प्रधानमन्त्री ओलीले आफ्नै सुरक्षामाथि गम्भीर खतराको संकेत गरेलगत्तै गृहमन्त्री बादलको प्रस्तावमा विप्लवमाथि प्रतिबन्ध लगाउने निर्णय क्याबिनेटले गरेको बताइएको छ । 

स्रोत मार्फत प्राप्त जानकारी अनुसार पक्राउ परेका कार्यकर्ता मार्फत उच्च सुरक्षा निकायले ओली र प्रचण्डको हत्यासम्बन्धी लिखित निर्णय नै प्राप्त गरेको दावी गरिएको छ । यस्तो गोप्य विषय प्रधानमन्त्री ओलीले राष्ट्रिय अनुसन्धान विभागलाई पनि आफ्नै मातहतमा राखेका कारण थाहा पाएको बताइएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!