रुकुममा मतपेटिकाबाट एक्कासी धुँवा निस्केपछि मतदान स्थगित

Posted on: 26 Nov, 2017

मङ्सिर १०, रुकुम । पश्चिम रुकुमको बासीकोट गाउँपालिका ५ काँडामा रहेको रत्न आधारभूत विद्यालयको ‘क' केन्द्रको एक मतपेटिकाबाट एक्कासी धुँवा आएपछि उक्त केन्द्रको मतदान स्थगित भएको छ ।

एक्कासी मतपेटिकाबाट कसरी धुँवा आयो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । अज्ञात व्यक्तिले एसिट हालेको हुनसक्ने आशंका कर्मचारीले गरेका छन् । अहिले मतदान स्थगित गरेर यस बिषयमा छानबिन भैरहेको बताइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!