इलामबाट नेकपाका चार जना कार्यकर्ता पक्राउ

Posted on: 22 Nov, 2017

मङ्सिर ६, इलाम । निर्वाचन विरोधी क्रियाकलापमा संलग्न रहेको आरोपमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वका नेकपाका चारजना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा इलाम नगरपालिका–५ भोर्लेनीकी मुना भनिने वसुन्धरा कार्की, वडा नं.–११ सोयाकका सञ्जिव फागो, वडा नं..–१ साँखेजुङका विशाल राई र देउमाई नगरपालिका–८ जितपुरका मोहन बराल पक्राउ रहेका छन् । 

एक साताको बीचमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक रमेश बस्नेतले बताउनुभयो ।  रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!