वडाध्यक्ष डीभी परेर अमरिका गएपछी.. वडाध्यक्षमाथि मन्त्रालयले छानबिन गर्ने

Posted on: 08 Aug, 2019

साउन २३, काठमाडौँ | संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मकवानपुरस्थित भीमफेदी गाउँपालिकाका एक वडाअध्यक्षको अमेरिका भ्रमणबारे छानविन गर्ने भएको छ ।

गाउँपालिका ८ का वडा अध्यक्ष जगतमान घिसिङ डीभी परेर परिवारसहित अमेरिका गएपछि सो पद रिक्त रहेको भन्दै स्थानीयले निवेदन दिएका थिए । त्यसपछि त्यसबारे छानबीन गर्न लागेको मन्त्रालयका सचिव यादव कोइरालाले नेपाल समाचारपत्रलाई जानकारी दिँदै भने–‘डिभी परेर अमेरिका गएको रहेछ भन्ने सो पद रिक्त रहन्छ । यसबारे विस्तृत छानबीन गरेर मात्र भन्न सकिनेछ ।’


सो वडाका स्थानीयले वडाध्यक्षको उपनिर्वाचन गराउन माग गर्दै निर्वाचन कार्यालय मकवानपुर र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडामा निवेदन दर्ता गराएको थियो । 

- यो समाचार आजको नेपाल समाचारपत्रमा सुनील महर्जनले लेखेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!