निजगढ विमानस्थल विश्वकै सानदार बन्ने, छ महिनाभित्र शिलान्यास

Posted on: 08 Aug, 2019

साउन २३, काठमाडौँ | संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निजगढमा प्रस्तावित अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माणको शिलान्यास यसै वर्ष गर्ने तयारी भएको जानकारी दिएका छन् । 

बुधबार मन्त्रालयमा पत्रकारसँगको छलफल कार्यक्रममा सन् २०१९ भित्रै कम्तीमा शिलान्यास गरिसक्ने उनले बताए । सन् १९८५ देखि नै निजगढमा विमानस्थल निर्माण गर्ने चर्चा चले पनि काम हुन नसकेकाले अब भने यसको विकल्प नखोजिने उनको भनाइ थियो । 

“फास्ट ट्र्याक बनेपछि एक घन्टामै पुग्न सकिने भएकाले निजगढ एक किसिमले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल नै हो,” उनले भने, “हामी निजगढको विकल्प खोज्दैनौँ । ” 

- यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!