नेकपाका ५३ जना नेतालाई दोहोरो जिम्मेवारी, नेकपाभीत्र असन्तुष्टि बढ्यो

Posted on: 24 Apr, 2019

वैशाख ११, काठमाडौं | नेकपाका ७७ जिल्ला अध्यक्ष र सचिव बनाइएका १५४ जना नेतामध्ये ५३ जनाले दोहोरो जिम्मेवारी पाएका छन् । केही नेताले भने तेहेरो जिम्मेवारी समेत पाएका छन् । 

प्रतिनिधिसभाका ११, राष्ट्रियसभाका १, प्रदेशसभाका २४ र स्थानीय तहका जनप्रतिनिधि ७ गरी ४३ जना नेताले जिल्ला अध्यक्ष र सचिवको जिम्मेवारी पाएका छनु् । यस्तै विभिन्न तहका थप जनप्रतिनिनि केन्द्र र जिल्लाको भूमिका छन् । 

नेकपाले पार्टी केन्द्रीय समितिकै १६ नेतालाई जिल्ला कमिटिको अध्यक्ष र सचिवको जिम्मा दिएको छ । सात केन्द्रीय सदस्य जिल्ला कमिटी अध्यक्ष भएका छन् भने ९ जना सचिव भएका छन् । 

नेताहरुलाई दोहोरो जिम्मेवारी दिएपछि नेकपाभित्र असन्तुष्टि बढेको छ । यस्तै कतिपयको पदीय जिम्मेवारी त्यागेको छ । 

- यो समाचार रामकृष्ण अधिकारीले अन्नपूर्णमा लेखेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!