पूर्वराजा ज्ञानेन्द्र विप्लव नेकपाको बन्दको अवज्ञा गर्दै सर्लाहीमा

Posted on: 15 Mar, 2019

चैत १, सर्लाही | नेत्रविक्रम चन्द (विप्लव) नेतृत्व नेकपा माओवादीले आह्वान गरेको नेपाल बन्दको अवज्ञा गर्दै पूर्वराजा ज्ञानेन्द्र शाह बिहिबार दिउँसो सर्लाही आएका छन् । 

महोत्तरीको जलेश्वरबाट पूर्व–पश्चिम राजमार्ग हुँदै सुरक्षा स्कर्टिङसहित उनी सदरमुकाम मलंगवा आएका हुन् । सवा ४ बजे यहाँ आइपुगेका शाहले स्थानीय दुर्गाभगवती मन्दिरमा पूजाअर्जना गरे । पूर्वराजा शाहको स्वागतमा ठूलो संख्यामा राप्रपा नेपाल, राष्ट्रिय एकता परिषद् पार्टी, शिवसेना नेपालका कार्यकर्तासहित राजावादीहरुको उपस्थिति रहेको थियो ।

त्यस्तै, पूर्वराजालाई हेर्न स्थानीय सयौँ सर्वसाधारणसमेत सडकको दायाँबायाँ उभिएका थिए । 


- यो समाचार आजको नागरिक दैनिकमा टंक क्षेत्रीले लेखेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!