कोठा भाडा तिर्ने पैसा नभएपछि नातिको साथमा शौचालयको बास

Posted on: 18 Feb, 2019

फागुन ६, म्याग्दी - बेनी नगरपालिका, २ तमानेकी ७५ वर्षीय जमुना सुनार शौचालयमा बसेर दुई नातिलाई हुर्काइ पढाई गर्दै आएकी छिन् । सुकुमबासी परिवारकी जमुनासँग बस्ने घर छैन । दुई छोरालाई आफ्नो जिम्मा लगाएर उनका कान्दा छोराबुहारी बेखबर भएपछि वृद्धा जमुनाकाको काँधमा नौ र सात वर्षीय नातिहरुको पालनपोषणको जिम्मेवारी आइपरेको हो । गत मंसिरदेखि बगरफाँटको सरस्वती आधारभूत विद्यालयको प्रयोगबिहीन शौचालय उनीहरुको घर बनेको छ । 

दुई वर्षदेखि हेरचाह

कान्छा छोरा राजु दोस्रो बिहे गरेर बेखबर भएपछि नौ वर्षीय एनस र सात वर्षीय सिमसन दुई नातिलाई दुई वर्षदेखि आफैँले हेर्ने गरेको जमुनाले बताइन् ।  बाबा र आमाले नै दोस्रो विवाह गरेर छोराहरुलाई अलपत्र पारेपछि नातिहरुको हुर्काइ पढाई आफ्नो काँधमा आएको उनको भनाई छ । यो समाचार कमल खत्रीले नयाँ पत्रिकामा लेखेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!