चिनियाँ सर्वोच्च अदालतको आदेश: मेलम्ची खानेपानी आयोजनाले डेढ अर्ब पाउने

Posted on: 16 Feb, 2019

फागुन ४, काठमाडौं | मेलम्ची खानेपानी विकास समितिले सुरुङ निर्माणको ठेक्का बीचैमा छाडेर हिँडेका चिनियाँ कम्पनीबाट बैंक धरौटीबापतको एक अर्ब ५१ करोड रुपैयाँ पाउने भएको छ । 

चाइना रेल्वे ग्रुप अफ कम्पनीले सन् २००९ मा सुरुङ निर्माण ठेक्का लिँदा हिमालय बैंक र बैंक अफ काठमाडौंमा १ अर्ब ५१ करोड रुपैयाँ धरौटी राखेको थियो । कम्पनीका तर्फबाट चाइना कन्स्ट्रक्सन बैंक ‘काउन्टर ग्यारेन्टी’ बसेको थियो । चाइना कन्स्ट्रक्सनको ग्यारेन्टी पत्रका आधारमा दुई नेपाली बैंक सहायक ग्यारेन्टी बसेका हुन् । 

चिनियाँ सर्वोच्च अदालतले बुधबार चाइना कन्स्ट्रक्सन बैंकलाई काउन्टर ग्यारेन्टीको रकम नेपाली बैंकलाई तिर्न आदेश दिएको मेलम्ची आयोजनाको एक अधिकारीले जानकारी दिए । त्यही आदेशका कारण धरौटीबापत डेढ अर्ब रुपैयाँभन्दा बढी रकम पाउने बाटो खुलेको उनले बताए । 

- यो समाचार कान्तिपुरमा प्रकाशित छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!