नागरिक मार्चमा प्रहरी हस्तक्षेप

Posted on: 25 Jan, 2021

माघ १२, काठमाडौँ । संसद विघटनको बिरुद्धमा निकालिएको बालुवाटार मार्चमा प्रहरीले हस्तक्षेप गरेको छ । नागरिक समाजले गरेको उक्त मार्चमा केहि प्रदर्शनकारी घाइते भएका छन् । कमल पोखरीबाट निष्किएको मार्चलाई प्रहरीले वालुवाटार नपुग्दै रोकेको हो ।

शान्तिपूर्णरुपमा प्रदर्शन गरिरहेका नागरिकमाथि प्रहरीले लाठीचार्ज र पानीको फोहोरा प्रहार गरेको छ । शान्तिपुर्ण प्रदर्शनमा प्रहरी दमनले राम्रो संकेत नगरेको पत्रकार तथा लेखक नारायण वाग्लले बताए । उनले तेश्रो जनआन्दोलन सुरु भएको समेत बताएका छन् ।

प्रहरीले बल प्रयोग गरेपछि नागरिक मार्च तितरबितर भएको थियो । गत ५ पुसमा सरकारले गरेको प्रतिनिधि सभा विघटनको बिरुद्धमा नागरिक समाज तथा अगुवाहरुले विरोध गर्दै आएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!