साउदीबाट तीन उडान मार्फत ५६८ जना नेपाली स्वदेश फर्किए

Posted on: 22 Jul, 2020

योगेन्द्र योगी | साउन ७, दोहा | कोरोना भाइरसका कारण स्वदेश फर्किन नसकेकाहरु मध्ये तेश्रो चरणमा साउदीबाट ५६८ जना नेपाली स्वदेश फर्किएको साउदीस्थित नेपाली दूतावासले जनाएको छ । 

साउदीबाट नेपाल तथा हिमालय एयरलाइन्सले तीन उडान गरेको छ भने जसमा नेपाल एयरलाइन्सले एक र हिमालय एयरलाइन्सले दुई  उडान गरेको दूतावासले जनाएको छ  ।

दूतावासले दिएको जानकारी अनुसार उडानमा कोरोनाका रोजगारी गुमाएका, करार अवधि सकिएका, काजकिरियामा जानुपर्ने, दीर्घ बिरामी लगायतलाई प्राथमिकता राखेर स्वदेश पठाइएको जनाएको छ । 


दूतावासका अनुसार उक्त उडानहरुमा साउदीमा विभिन्न समयमा मृत्यु भएका नेपालीहरु मध्ये दूतावासले कानुनी प्रक्रिया पुरा गरि अन्तिम सस्कारको लागि ७ वाट शव पनि पठाएको छ ।  

यस्तै नेपाल एयरलाइन्स र हिमालय एयरलाईन्सले आगामी दिनमा साउदी अरबको रियादबाट गर्ने चार्टर्ड उडानहरुबाट स्वदेश फर्कने नेपालीहरुको सूचि नेपाल सरकारले निर्धारण गरेको प्राथमिकताका आधारमा दूतावासले तयार गरी नेपाल एयरलाईन्स र हिमालय एयरलाईन्सको आधिकारिक सम्पर्क व्यक्ति समक्ष पठाइएको समेत दूतावासले जनाएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!