विश्वका १ सय ६२ देशमा कोरोनाभाइरस संक्रमण,नेपाल मात्रै हरियो सूचिमा

Posted on: 17 Mar, 2020


चैत ४, काठमाडौँ | कोरोनाभाइरस (कोभिड-१९)को संक्रमण यतिबेला विश्वभरी फैलिरहेको छ | गत डिसेम्बरमा चिनको वुहानबाट सुरुभएको उक्त भाइरस हाल विश्वका १ सय ६२ देशमा फैलिसकेको छ |

पछिल्लो समय चिनमा कोरोनाभाइरसका नयाँ संक्रमितको संख्या घटेको छ, भने अघिल्लो साता चिनले आफू कोरोनामुक्त भएको घोषणा गरिसकेको छ | चिनमा क्रमश उक्त भाइरसका संक्रमित बिरामी घटेपनि युरोपियन मुलुकहरु,अमेरिका,दक्षिणकोरिया,इटाली,जापान,कतार,दुबई,इरान लगायतका देशहरुमा भने बढिरहेका छन |   

त्यस्तै कोरोना संक्रमित मुलुकहरु मध्ये नेपाल मात्रै ओल्ड मिटरको हरियो सूचिमा रहेको छ | हाल सम्म नेपालमा एक जनामा मात्र कोरोनाभाइरसको पुष्टि भएको छ | कोरोनासंक्रमित ति व्यक्ति पनि उपचारपछि घर फर्किसकेका छन् |

नेपालमा मात्रै कारोना देखिएका शत प्रतिशत बिरामी निको भएका छन् र थप अरुमा कोरोना देखिएको छैन | जसका कारण नेपाल मात्र हरियो सूचीमा परेको हो |

हाल सम्म कोरोनाभाइरसका कारण एक लाख ८२ हजार सात सय ६४ जना सङ्क्रमण पुष्टि भएको छ |

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का अनुसार, उक्त भाइरसका कारण सात हजार एक सय ७४ जनाको ज्यान गएको छ भने ९५ हजार सात सय ६ जनाले उपचार गराइरहेका छन् । ७९ हजार आठ सय ८४ जना निको भएका छन् । ७९ हजार आठ सय ८४ जनामध्ये नेपालमा सङ्क्रमण देखिएका एक जना पनि निको भइसका छन् |

यसअघि मकाउ, जिब्राल्टार लगायतका देशलाई पनि सूचीमा हरियो रङ्गमा राखिए पनि अहिले कोरोना प्रभावित देशमा नेपाल मात्र नयाँ कोरोना सङ्क्रमित  नभेटिएको देशको सूचिमा परेको हो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!