कोरोनाभाइरसको संक्रमणबारे गलत सूचना फैलाउने एकजना पक्राउ

Posted on: 16 Mar, 2020

चैत ३, एजेन्सी | विश्वभरी फैलिरहेको कोरोनाभाइरस(कोभिड-१९)बारे गलत सूचना फैलाउने एकजना पक्राउ परेका छन् | कोरोनाबारे गलत सूचना फैलाएर जनतालाई भ्रम पार्ने २३ वर्षीय केन्याका नागरिक  इलिजा मुथुइ किटोन्योलाई पूर्वी केन्याको विंगी सहरबाट पक्राउ गरिएको हो |

उनले कोरोनाभाइरसको पहिलो संक्रमितका बारेमा 'सरकारले भ्रम सूचना' दिएको भन्दै सूचना फैलाएका थिए | "केन्यामा देखिएका कोरोना संक्रमित सरकरले भनेजस्तो अमेरिकाबाट लन्डन हुँदै नआएको र रोमबाट आएका थिए ।" उनले फेक ट्विट एकाउन्टबाट ट्विट गर्दै भनेका थिए |

उनले गरेको यो ट्विट सामाजिक सञ्‍जालमा निकै भाइरल बनेपछि प्रहरीले पक्राउ गरेको हो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!