मास्क लुकाए वा महँगोमा बेचे ३ लाख सम्म जरिवाना,११३७ मा फोन गर्न आग्रह

Posted on: 05 Mar, 2020

फागुन २२, काठमाडौँ | चिनको हुवानबाट सुरु भएको कोरोनाभाइरस(कोभिड-१९)का कारण विश्वभरी त्रास फैलिएको छ | नेपालमा पनि उक्त भाइरसबाट बच्न आवश्यक सतर्कता अपनाउँन थालिएको छ | हाल बजारमा मास्कको निकै अभाव देखिएको छ |

अरु समयमा रु ५ मा पाइने मास्क अहिले रु ३० पर्न थालिसकेको छ | यस्तो अवस्थामा सरकारले मास्क लुकाउने वा महँगोमा बेचेको पाइएमा ११३७ नम्बरमा फोन गर्न आग्रह गरेको छ | बजारमा नपाइने र पाइएपनि महँगो लिनेगरेको गुनासो बढेपछि पैसा नलाग्ने फोन नम्बर ११३७ मा फोन गर्न आग्रह गरिएको हो |

उक्त कार्य गरेको पाइए उजुरीको आधारमा सरकारले अनुगमन गरी दोषी पाइए तीन लाख रुपैयाँसम्म जरिबाना तिराउने र मुद्दा चलाउने वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले जनाएको छ | गएको मंगलबार देखि बजारमा मास्क लुकाउने र महङ्गो मूल्य लिएको पाइए कारबाही गर्न थालिएको विभागले जनाएको छ |

सरकारले मास्क लुकाउने काठमाडौंको क्षेत्रपाटीमा रहेको नेपाल केयर सर्जिकल सप्लायर्सलाई दुई लाख रुपैयाँ जरिबाना तिराए छ भने महँगोमा मास्क बेच्ने त्रिपुरेश्वरको स्वस्तिक सर्जिकल सप्लायर्सलाई २० हजार र सचिन ट्रेड कन्सर्नलाई १० हजार रुपैयाँ तथा त्रिपुरेश्वरको खनाल सर्जरी सप्लायर्स, अर्चना सर्जिकल र फिस्टेल सर्जिकललाई पाँच/पाँच हजार जरिबाना तिराएको विभागले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!