उत्तर कोरियामा कोरोना भाइरसका बिरामीलाई गोली हान्न किमको आदेश

Posted on: 02 Mar, 2020

फागुन १९, एजेन्सी | चिनको हुवान प्रान्तबाट फैलिएको कोरोना भाइरस(कोभिड-१९)उत्तर कोरियामा समेत देखापरेको छ | उक्त भाइरसका संक्रमित बिरामीलाई उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले गोलीहान्न आदेश दिएका छन् |

आफ्नो देशका नागरिकलाई उनले मृत्युदण्डको सजाय तोकेका हुन् | इन्टरनेसनल बिजनेस टाइम्सका अनुसार उत्तर कोरियामा कोरोना भाइरस संक्रमित विरामी फेला परेपछि किमले संक्रमण फैलिन नदिन गोली हान्ने आदेश दिएको बताइएको छ |

संक्रमित व्यक्ति चीनबाट फर्किएका व्यापारी रहेका छन् | तर, उत्तर कोरियाले जारी गरेको एक आधिकारिक बयानमा कोरोना भाइरस संक्रमित बिरामी फेला नपरेको र परिस्थितिसँग सामना गर्न तयारी गरिएको दाबी गरिएको छ |

विश्वभर हाल सम्म कोरोना भाइरसको सक्रमणबाट तिन हाजार भन्दा बढीको मृत्यु भइसकेको छ भने ६० भन्दा बढी देशमा फैलिएको छ | चिनमा उक्त भाइरस संक्रमणका विरामिकोई संख्या घटेपनि अन्य देशहरुमा बढिरहेको छ |

थप महामारी फैलिन नदिन गत महिना नै विश्व स्वास्थ्य सङ्गठनले विश्व स्वास्थ्य संकटकाल घोषणा गरेको थियो | तिब्ररुपमा फैलिरहेको उक्त भाइरसबाट जोगिनका लागि उच्च सतर्कता अपनाउन विश्व स्वास्थ्य संगठनले आग्रह गरेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!