ट्रम्पको सुरक्षाको लागि पाँच लङ्गुर खटाईए

Posted on: 24 Feb, 2020

फागुन १२, एजेन्सी | भारत भ्रमणका क्रममा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकोलागि कडा सुरक्षा व्यवस्था गरिएको छ | आगरामा हुने बाँदर आतंकका कारण सुरक्षा निकायको टाउको दुखेको छ | त्यसकारण सुरक्षा निकायले ट्रम्पको कार्केड चल्ने रुटमा पाँचवटा लङ्गुर (लामो पुच्छर भएको बाँदर) तैनाथ गरेको छ |

बाँदरसँग लड्नकालागि लड्न र सुरक्षाका लागि पाँचवटा लङ्गुर खटाइएको भारतीय संचार माध्यम न्यूज१८ ले जनाएका छन् |अमेरिकी राष्ट्रपति र उनकी श्रीमती मेलानिया ट्रम्प सोमबार ताज महल भ्रमण गर्ने तालिका छ |

सुरक्षाका लागि अमेरिकन सिक्रेट सर्भिस, पारामिलिटरी फोर्सका १० कम्पनी, पीएसी र एनइसजी कमान्डोका १० कम्पनीलाई खटाइएको छ | राष्ट्रपति ट्रम्प दुई दिवसीय भ्रमणका लागि आजै भारत पुगेका छन् | राष्ट्रपति ट्रम्पको अहमदाबाद एयरपोर्टमा प्रधानमन्त्री मोदीले स्वागत गरेका छन् |

ट्रम्पसँग अमेरिकी फर्स्ट लेडी मेलानिया ट्रम्प र छोरी इभांका ट्रम्प पनि छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!