भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति ट्रम्प चढ्ने कार भारतमा ल्याइयो,यस्तो छ कार

Posted on: 18 Feb, 2020

फागुन ६, एजेन्सी | भारत भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नै कार प्रयोग गर्ने भएका छन् | उनी फागुन १२ अर्थात फेब्रुअरी २४ मा भारतको भ्रमणमा आउंदै छन | उनले प्रयोग गर्ने कार र अमेरिकी सुरक्षाकर्मी शुरक्षा भारतमा आइसकेका छन् |

ट्रम्पले भ्रमण गर्नुभन्दा एक हप्ता अगाडी नै अमेरिकी वायुसेनाको विमान मार्फत कार र सुरक्षाकर्मीको टोलीलाई भारत पठाइएको छ | भारतले उनको सुरक्षाका लागि सैनिक तैनाथ गरेको छ | ट्रम्पको भ्रमण अवधिमा अहमदावादलाई ‘नो फ्लाइ जोन’ (उडान निषेध क्षेत्र) घोषणा गर्ने तयारीसमेत भएको अधिकारीहरुले जनाएका छन् |

ट्रम्पको सुरक्षाका लागि आकाश र जमिनमा उत्तिकै सतर्कता अपनाइएको भारतीय अधिकारिहारुको भनाई छ | ट्रम्पको सुरक्षामा अमेरिकी सुरक्षा एजेन्सी ‘सीआइए’ का करिब २०० एजेन्ट अहमदावादमा आएका छन् |

यस्तो छ  ट्रम्पको कार:


विश्वकै शक्तिशाली नेता अमेरिकी राष्ट्रपतिले प्रयोग गर्ने कार विशेष धातुबाट बनाइएको छ | जसमा बन्दुकको गोली, बम, क्षेप्यास्त्र हमलाले समेत कुनै प्रभाव पार्न सक्दैन |  पोली कार्बोनेटको पाँच तहबाट उक्त कारको झ्याल बनेको छ भने सिसामा समेत बन्दुकको गोलीले समेत क्षेडन सक्दैन |

उक्त  कार अमेरिकी सिक्रेट सर्भिसका विशेष प्रशिक्षित कमाण्डोले चलाउने गर्दछन् । जस्तोसूकै परिस्थिति र स्पिडमा कारलाई १८० डिग्रीमा मोड्न सक्ने क्षमता भएका अभ्यस्त चालकलाई ट्रम्पको कारको जिम्मा दिइन्छ । ट्रम्पको कारमा एउटा स्याटेलाइट फोन पनि छ, जसको माध्यमबाट उनले जस्तोसूकै परिस्थितिमा अमेरिकी उपराष्ट्रपति र पेन्टागन मुख्यालयमा सम्पर्क गर्न सक्छन् | कारको इन्धन ट्याङ्क पनि जस्तोसूकै हमलालाई झेल्न सक्ने गरी डिजाइन गरिएको छ । गाडीको तल्लो भागमा पनि स्टिलको पाता लगाइएको हुन्छ, जो भूमिगत अवस्थामा राखिएका विस्फोटक पदार्थबाट हुने क्षतिलाई रोक्न सक्छ ।


अमेरिकी राष्ट्रपतिको कारमा चालकका लागि छुट्टै केबिन बनाइएको हुन्छ । चालकले राष्ट्रपतिको कुनै पनि गतिविधि देख्न सक्दैनन् | केविनमा कम्युनिकेशन र जीपीएस ट्रयाकिङ सिस्टम जडान गरिएको हुन्छ, जसको मद्दतमा सुरक्षाकर्मीले राष्ट्रपतिको कारको हरेक सेकेन्डको गतिविधिलाई निगरानी गर्न सक्छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!