कोरोनाभाइरसका कारण अस्पतालकै निर्देशकको मृत्यु

Posted on: 18 Feb, 2020

फागुन ६, एजेन्सी | चिनको हुवानबाट फैलिएको कोरोना भाइरसका कारण संसारभरी त्रास फैलिएको छ | उक्त भाइरसको सक्रमणबाट अस्पतालका निर्देशकको समेत ज्यान गएको छ | अस्पतालमा खट्दाखट्दा डाक्टर लिउ  झिमिङ  आफै बिरामी परेका हुन् |

मंगलबार उपचारको क्रममा उनको मृत्यु भएको चिनियाँ सरकारी टेलिभिजन सिसिटिभीले जनाएको छ | यसअघि कोरोनाभाइरसको महामारीबारे पहिलो पटक चेतावनी दिने डाक्टर ली वेनलियाङको मृत्यु भएको थियो | उनले कोरोनाभाइरसको महामारी फैलने चेतावनी दिएपछि  प्रहरीले नियन्त्रणमा लिएर हप्काइदप्काइ गरेको थियो | पछि उनी बिरामीको उपचारमा खटिएका बेला भाइरसको संक्रमणमा परेका थिए |

कोरोनाभाइरसबाट सोमबारसम्म १ हजार ८ सय ७३ जनाले ज्यान गुमाएका छन् भने ७३ हजार ४ सय ३३ जना संक्रमित भएका छन् | विश्व स्वास्थ्य संगठनले समेत विश्व स्वास्थ्य संकटकाल घोषणा गरिसकेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!