कोरोना भाइरसका बिरामीलाई उत्तर कोरियामा ज्युँदै मारियो

Posted on: 17 Feb, 2020

फागुन ५, एजेन्सी | उत्तर कोरियामा कोरोना भाइरसका एकजना बिरामीलाई सार्वजनिक स्थानमा नुहाउन गएको भन्दै मृत्यु दण्ड दिइएको छ |  रिपोर्टका अनुसार उनलाई क्वारेन्टाइनमा बस्न छोडेर नुहाउन हिँडेको भन्दै मृत्युदण्ड दिइएको हो |

दक्षिण कोरियाली समाचार एजेन्सीका अनुसार ती अधिकारीलाई उक्त घातक रोग सर्नमा सहयोग गरेर धेरैको ज्यान खतरामा पारेको भन्दै तत्काल पक्राउ गरिएको थियो | तिव्यक्तिलाई चिनबाट  फिर्ता आएपछि एकान्तमा राखिएको बताइएको छ |

उत्तर कोरियाली नेता किम जोङ्ग ऊनले जारी गरेको क्वारेन्टाइनबाट कुनै अनुमती बिना बाहिर निस्कन नपाउने आदेशलाई उनले नटेरी बाहिर निस्किएको अधिकारीहरुको भनाई छ | उक्त देशमा चीनबाट फर्किएकाहरु र चिनियाँ व्यक्तिसँगको सम्पर्कमा रहनेलाई क्वारेन्टाइनमा राखिएको छ |

हाल सम्म उत्तर कोरियाले कोरोना भाइरस सक्रमण भएको पुष्टि भ्नेगरेको छैन |

यस बिषयमा तपाइको प्रतिक्रिया...!