सरकारले निशुल्क भनेको डेंगु परिक्षण जिल्ला अस्पतालमा शुल्क तोकियो

Posted on: 06 Sep, 2019


पर्वत । नेपाल सरकारले देशभर डेंगुको प्रकोप बढेपछि निशुल्क स्वास्थ्य उपचार र परीक्षणको घोषणा गरेपनि पर्वत जिल्ला अस्पतालमा भने शुल्क निर्धारण गरिएको छ ।

जिल्ला अस्पताल पर्वतमा डेंगु रोग परीक्षण गरेको ५ सय शुल्क निर्धारण गरिएको हो । छिमेकी जिल्लामा डेंगुको प्रयोग देखिएसँगै उच्ँच जोखिममा रहेको भन्दै डेंगु परिक्षण संचालन गरिएपनि सर्वसाधरणलाई भने राज्यले दिएको सुविधाबाट नै बञ्चित हुने गरी शुल्क तोकिएको छ ।

प्रकोपले महामारिको रुप लिन लागेको बेलामा जिल्ला अस्पतालले भने कमाउने मौका रुपमा लिएको प्रष्ट देखिएको छ ।

पर्वत जिल्लामा २ जनामा डेंगुको संक्रमण रहेको भेटिएको छ  ।

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!