वैज्ञानिकहरुले बनाए आर्टिफिशियल छाला, जसले प्रकाश र गर्मीमा रंग बदल्छ

Posted on: 26 Aug, 2019

लंडन | सास | क्याम्ब्रिज विश्वविद्यालयको रिसचर्सहरुले रंग बदळ्ने आर्टिफिशियल स्किन विकास गरेका छन् । यो छाला प्रकाश र गर्मी (ताप) को अवस्थामा केहि विशेष एप्लिकेशनलाई एक्टिव गर्दै रंग बदल्न सक्छ र छेपारोले झैं आँखालाई धोका दिन सक्छ । वैज्ञानिकहरुले यो छालाको बिकास गर्नको लागि पोलिमरमा गोल्ड कोटेड पोर्टिकल र तेलमा वाटर वेपरको प्रयोग गरेका छन् ।

जनरल एडवान्स्ड अप्टिकल म्याटेरियलमा यो साता प्रकाशित रिपोर्टमा के दावी गरिएको छ भने रंग बदळ्ने म्याटेरियलले प्रकाश र तापको उपस्थिति पहिचान गरेर रंग परिवर्तन गर्न सक्छ । त्यसपछि लाइटको तीव्रता अनुसार फरक-फरक डिग्रीको तापक्रममा रंगमा हेरफेर भईरहन्छ ।

यस कारण रंग बदल्छ छेपारो जस्ता जीव 

जे होस्, बैज्ञानिकहरुको आविष्कार छेपारो लगायत प्रकृतिका जीव जस्तो भने होइन जो आफ्नो सुरक्षाको लागि रंग बदल्ने गर्छन् । यस्ता जीवहरुलाई क्रोमाटोफर नामबाट चिन्ने गरिन्छ । यिनीहरुको रंग बदल्नुको कारण यिनीहरुको छाला रहेको पिग्मेन्ट हुनु हो । यो पिग्मेन्ट पुरै शरीरमा हुने हुँदा यस्ता जीवले रंग बदल्न सक्छन् जुन आफू खतरनाक अवस्थामा छु भन्ने थाहा भएपछि सुरक्षाको लागि सरिरमा फैलने गर्दछ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!