'द भ्वाईस अफ नेपाल'को दोस्रो सिजन केहि दिनमै, दुइ नयाँ कोच सार्वजनिक

Posted on: 18 Jun, 2019

असार ३, काठमाडौँ | गायन क्षेत्रका प्रतिभा खोज्ने रियालिटी शो 'द भ्वाईस अफ नेपाल'को दोस्रो सिजन आउँदो केहि दिनमै सुरु हुँदैछ । दोस्रो सिजन नाजिकैनै लाग्दा युनिटले राजधानीमा एक पत्रकार भेटघाटको आयोजना गर्दै दुइ नयाँ कोच सार्वजनिक गरिएको छ ।


दोस्रो सिजनमा दुइ नयाँ र दुइ पुराना कोच रहने आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ । द भ्वाईस अफ नेपालको पहिलो सिजनमा कोच बनेका पप गायक सनुप पौडेल र रक गायिका अभया सुब्बा (स्टिम इन्जिन) दोश्रो सिजनबाट हटाईएका हुन् ।


पहिलो सिजनका बाँकी दुई निर्णायक बरिष्ट गाएक दीप श्रेष्ठ र गायक प्रमोद खरेल दोश्रो सिजनमा पनि रहेका छन् । यस अघिको कोच सनुप पौडेलको ठाउँमा मँगोलियन हार्टका गायक पप गायक राजु लामालाई अनुबन्धित गरिएको छ भने, रक गायिका अभया सुब्बाको स्थानमा पप गायिका आस्था राउतलाई कोचको रुपमा अनुबन्धित गरिएको छ । केही समयदेखि अमेरिका बस्दै आएका राजु लामा यही कार्यक्रमका लागि नेपाल आएका छन् ।  पप व्यान्ड मँगोलियन हार्टका भोकलिस्ट लामा अहिलेको पुस्ता माँझ पनि उत्तिकै परिचित छन् । 

तश्वीरमा: गायक राजु लामा र गायिका आस्था राउत 

उमेरले ४० वर्ष पुगेका राजु बिगत अढाई दशकदेखि नेपालीमा सक्रिय छन् । केहि समय अगाडी मात्र उनले सांगीतिक यात्राजी २५ औ वर्षको खुसियाली कन्सर्ट गर्दै साटेका थिए । सन १९९४ मा पहिलो गीतिसँग्रह सोलुसन निकालेर गायन यात्रा सुरु गरे पनि दोश्रो गीतिसँग्रह मँगोलिन हार्टको तिमीलाई देखेर हिमाल हाँसेको‘गीत मार्फत राजु श्रोता माँझ परिचित मात्र होइन् , स्थापित नै भएका थिए । उनले व्यान्ड ग्रुपसँग मिलेर १० भन्दाबढी गीति संग्रह दर्शक तथा श्रोता माँझ ल्याईसकेका छन् । यसैगरी अर्की कोच आस्था पनि एक दशकदेखि गायनमा सक्रिय छिन् ।  संगीतिक घरनाकी आस्थाका बुबा हरिबहादुर राउत अग्रज लोक गायक हुन् । उनले एक दशक अघि सालको पात टपरी गाँसेर‘ गीतको रिमिक्स भर्सन मार्फत गायन यात्रा सुरु गरेकी हुन् । 

साँगीतिक यात्राको क्रममा उनको फिल्म मायाज बारको माया यो माया‘ढुवानी फिल्मको छलक लछक लगायतका गीत अत्यधिक सफल छन् । पप गायन तर्फ आस्थाका चौबन्दीमा पटुका बाँधेको‘, झुम्के बुलाकी‘गीत सर्वा्धिक हिट छन् । साथै ,  आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रायोजकसँग हस्ताक्षर पनि गरियो । आगामी साउनको पहिलो साताबाट भ्वाईस अफ नेपाल सिजन २ हिमालयन टेलिभिजनबाट प्रशारण हुँदैछ । दोस्रो सिजनमा द भ्वाईस अफ नेपाललाई टाइटल स्पोन्सरको रुपमा युनाईटेड सिमेन्टले साथ् दिएको छ ।  साथै , सह प्रायोजकको रुपमा एनआइसी एशिया बैंक र आइएनजी ग्रुप रहेका छन् । यसैगरी भोटिङ्ग तथा पेमेन्ट पार्टनरको रुपमा प्रभु पे रहेको छ । कार्यक्रम निर्देशकको रुपमा अघिल्लो सिजना झैँ लक्षमण पौडेल रहेका छन् ।

लक्ष्मण पौडेल, कार्यक्रम निर्देशक स् पहिलो सिजनको सफलताले हामीलाई सफलतासंगै जिम्मेवारी पनि थपेको छ । यसपटक अझै चुनौती महसुश गरेको छु । अघिल्लो सिजन भन्दा यसलाई अझै परिस्कृत रुपमा ल्याउने कोसिस रहनेनै छ । पहिलो सिजनबाट पाएको दर्शकको माया र विश्वासलाई अझै बढाउने हर प्रयास रहनेछ । साथै , प्रस्तुतीकरणका हिसाबले त्यो भन्दा उत्कृष्ट शो दिने प्रतिबद्धता व्यक्त गर्दछौ । 

श्याम गुरागाईं , भाइस प्रेसिडेन्ट ( हिमालयन एचडी टिभी ) ( विश्वकै नम्बर एक गायन रियालिटी शो हाम्रो टिभीबाट प्रशारण गर्न पाउदा निकै उत्साहित छौ । पहिलो सिजनले यसलाई नेपालमा स्थापित गरिसकेको छ भने यो सिजनले दर्शकको संख्या बढाउनेमा विश्वस्त छौ । बढी भन्दा बढी दर्शकले शो लाइ हेर्नेछन , त्यसैले हामीले यसका लागि प्राइम टाइम छुट्याएका छौ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!