आजदेखि आगामी तीन दिनसम्मको मौसम पूर्वानुमान यस्तो छ

Posted on: 01 Jun, 2019

जेष्ठ १८, काठमाडौँ | आज दिउँसो देशको पुर्वी तथा मध्य भु-भाग लगायात पश्चिमी पहाडी भु-भागमा आंशिकदेखि सामान्य वदली रही बाँकी भु-भागमा आंसिक बदली रहनेछ ।  देशका केहि स्थानहरुमा मेघ गर्जन हावा हुरी सहित वर्षाको सम्भावना छ। 

त्यस्तै आज राति देशैभरि आंशिकदेखि सामान्य वदली रही देशको पश्चिमी भु-भागका केहि स्थानहरुमा र मध्य तथा पुर्वी भु-भागका थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ । 

जेष्ठ १९  गते (आइतबार) को मौषम पूर्वानुमान:

दिउँसो: देशैभरि आंशिक देखि  सामान्य वदली रही  देशका केहि स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ। 

राति: देशैभरि आंशिक देखि  सामान्य वदली रही  देशका थोरै स्थानहरुमा मेघ गर्जन हावा हुरी सहित वर्षाको सम्भावना छ। 

जेष्ठ २०  गते (सोमबार) को मौषम पूर्वानुमान: 

दिउँसो: देशैभरि आंशिक देखि  सामान्य वदली रही  देशको पश्चिमी भु-भागका  केहि स्थानहरुमा र मध्य तथा पुर्वी भु-भागका थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

राति:  देशका पहाडी भू-भागमा आंशिक देखि  सामान्य वदली रही बाँकी भूभागमा आंसिक बदली रहने देखिन्छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!