यस कारण शाहरुखले तेश्रो बच्चा जन्माउने योजना बनाए

Posted on: 27 May, 2019

जेठ १३, काठमाडौँ | शाहरुख खानको सबैभन्दा कान्छो छोरा अबराम ६ बर्षका भएका छन् । उनको जन्म आजकै दिन अर्थात 27 मे 2013 मा भएको थियो । तर के तपाईलाई थाहा छ ? दुई सन्तानको पिता बनिसकेका शाहरुखको मनमा तेश्रो बच्चा जन्माउने योजना कसरी बन्यो ? शाहरुख खान आफैले यो बिषयको खुलासा २०१३ मा अबरामको जन्म भएपछी एक अन्तर्वार्ताको क्रममा गरेका थिए । 


हामीले बच्चाको याद गर्न थालेका थियौं: शाहरुख

शाहरुखले अन्तर्वार्ताको क्रममा भनेका थिए कि, "मेरो छोरा १६ (अहिले २२ बर्ष) बर्षजा छन् र छोरी १३ (अहिले १९ बर्ष) कि छन् । तर पछिल्लो चार-पांच बर्षमा उनीहरु घरभन्दा बाहिर हुन थाले, स्कूल जान थाले । पहिले उनीहरु बाँदर जस्तै खेल्थे, टासिईरहन्थे, बच्चा जस्तै खेलीरहन्थे र म उनीहरुसँग निकै धेरै समय बिताउन सक्थें । तर पछिल्लो चार-पाँच बर्षदेखि वातावरण यस्तो छ कि बच्चा आफ्नो साथीहरुसंग आफ्नै कोठामा बस्ने र आफ्नै तरिकाले रहन थाले । हामीले कहिलेकाही यो पनि थाहा हुँदैन कि उनीहरु घरमा छन् कि छैनन् । हामीले बच्चाहरुसँग खेलेको दिनको सम्झना गर्न थाल्यौं । आर्यन पढ्नको लागि लन्डन गयो र छोरी पनि जाँदैछिन् । हामी खूला बिचारका अभिभावक हौँ । बच्चा जे चाहन्छन् गर्न सक्छन् । तर हामी भने बच्चाहरु सम्झन थालेका थियौं ।"

भनिन्छ कि अबरामको जन्मको समय गौरीले पनि ४० बर्ष उमेर पार गरिसकेकी थिइन । उक्त उमेरमा बच्चालाई जन्म दिनु निकै खतरनाक हुन सक्थ्यो । यसैले शाहरुखले छोराको जन्मको लागि सरोगेसीको सहारा लिए । कोख भाडामा लिएर बच्चा जन्माउने विधिलाई सरोगेसी सेवा भनिन्छ । बिभिन्न रिपोर्ट्सका अनुसार, गौरीको भाउजु नमिता छिब्बर अबराम (शाहरुख खानका छोरा) को सरोगेट आमा हुन् । 

शाहरुखले उक्त अन्तर्वार्तामा आफ्नो बच्चाहरुको बारेका पनि थप कुरा गरेका थिए । उनले भने, "मेरा तीन बच्चा छन् जसको अलग-अलग कहानी छ । यसै कारण सबै स्पेशल छन् । आर्यनको जन्म अगाडी गौरीलाई सारै गाह्रो भएको थियो । सुहानाको जन्म हाम्रो लागि एक्साइटिङ थियो, किनकी हामी दुवै जना पहिलो बच्चाको रूपमा छोरी चाहन्थ्यौं । तर उनि दोश्रो नम्बरमा जन्मिइन् । गौरी चाहन्थिन् कि बच्चा म जस्तै देखिउन् । यसैले डेलिभरी पछी उनि मलाई सोध्थीन् कि के उनीहरु तपाइँजस्तै देखिन्छन् । बर्षौं पछी हामीलाई लाग्यो कि तेश्रो बच्चा पनि हुनुपर्छ, तब हामीले अबरामलाई जन्म दिने योजना बनाएका थियौं ।"

तश्वीरमा: आमा गौरीको साथमा अबराम खान 

यस बिषयमा तपाइको प्रतिक्रिया...!