मेरो सरकार मात्रै होइन मेरो प्रधानमन्त्री भन्न पाउनुपर्छ – दिननाथ शर्मा (भिडियोसहित)

Posted on: 10 May, 2019

राष्ट्रियसभाका सदस्य दिननाथ शर्माले राष्ट्रपति विद्यादेवी भण्डारीले मेरो सरकार बन्नुमा कुनै पनि गलत नभएको बताउनु भएको छ । उहाँले  मेरो सरकार, मेरो देश, मेरो प्रधानमन्त्री भन्नु कुनै पनि गलत नभएको भन्दै राष्ट्रपतिलाई विवादमा ल्याउने काम भएको बताउनु भएको हो ।

मेरो भन्नु  कुनै पनि अर्थले गलत होइन तर यहाँ राष्ट्रपतिलाई विवादमा ल्याउने काम भयो, उहाँले भन्नुभयो ।

शर्माले आफूले पञ्चायतका बेलामा पाएका यातना र कष्टको पनि स्मरण गर्नुभयो ।

कार्यक्रममा प्रतिनिधिसभाका सदस्य देवेन्द्र पौडेल, डा. सुर्य पाठक, मना केसी लगायतले बोलेका थिए ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!