जताततै कुटिने भिटेनलाई पर्वतमा भव्य स्वागत (भिडियो सहित)

Posted on: 14 Feb, 2019

शिला पाण्डे, पर्वत । युवा पुस्तामा चर्चित र्याप तथा पप गायक भिटेनलाई पर्वतका युवाहरुले भव्य स्वागत गरेका छन् । 

हरेक कार्यक्रममा भिटेनमाथि ढुंगा प्रहार हुने भएपनि पर्वतमा भने भिटेनको स्वागत गरिएको हो । उनले सिमसिम पानी, के छ खबर लगायतका आधा दर्जन गीत पर्वतमा पस्केका थिए ।

रेडियो दिदीबहिनीले आयोजना गरेको गण्डकी प्रदेशस्तरीय महिला महोत्सव तथा रेडियोको ९ औं वार्षिक उत्सवमा उनलाई ल्याइएको थियो ।

 निकै कडा सुरक्षा घेरामा राखि कार्यक्रम स्थल पुर्याइएका भिटेनसँग फोटो खिच्नेहरुको भीड बाक्लो थियो । भिटेनको गीत सुन्न र रमाउनको लागि युवापुस्ताहरुले रु ३ सयको टिकट काटेका थिए ।

जताततै आफूमाथि ढुंगामुढा प्रहार हुने गरेपनि पर्वतमा भने भव्य स्वागत पाएपछि उनी निकै खुसि थिए । तपाईहरुको यस्तै माया पाइरहुँ । आगामी दिनमा पनि म पर्वत आउनेछु । समाजमा दुई थरी मान्छे भएका कारण पनि आफूमाथि ढुंगा प्रहार हुने गरेको तर पर्वतमा सकरात्मक सोचका मानिसहरु भएका कारण यति धेरै माया पाएको उनले बताए । 

आफूले गीतमा अश्लित केही शब्दहरु खुसाएका कारण ढुंगा प्रहारको शिखार हुनुपरेको भन्दै त्यसलाई सकरात्मक रुपमा लिन उनले आग्रह गरेका थिए । कार्यक्रमको बीच बीचमा उनले पर्वतेली युवापुस्तालाई बारम्बार धन्यबाद प्रकट गरिहेका थिए ।

भिटेनसँगै युवा पुस्ताबीच लोकप्रिय रहेका दुर्गेश थापाले पनि आफ्नो प्रस्तुती दिएका थिए । उनले आफ्ना आधा दर्जनभन्दा बढी गीतबाट दर्शकलाई मनोरञ्जन दिएका थिए । 

रेडियो दिदीबहिनीले आयोजना गरेको महोत्सव अहिले पनि जारी छ । यही फागुन ७ गते महोत्सव सकिने छ । महोत्सवमा ६० लाखको करोबार हुने आयोजकले जनाएको छ । महोत्सवमा दर्जनभन्दा बढी राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने रेडियोले सहारापाटीलाई जनाएको छ । 

महोत्सवमा राष्ट्रियस्तरको महिला भलिबल प्रतियोगिता पनि जारी छ । त्यस्तै प्रथम दिदीबहिनी डान्स आइडल प्रतियोगिता पनि शुरु भएको छ ।





यस बिषयमा तपाइको प्रतिक्रिया...!