अर्थ/विकास |


कति छ आज मलेसियन, युएई र कतार रियलको भाउ ? सुची सहित

Posted on June 03, 2023 | views : 626 |

जेठ २०, काठमाडौँ | नेपाल राष्ट्र बैँकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३१ रूपैयाँ ४० पैसा र बिक्री दर १३२ रूपैयाँ रहेको छ। युरो एकको खरिद दर १४१ रूपैयाँ ५० पैस

Read More

१६ अंकले बढ्यो नेप्से

Posted on June 01, 2023 | views : 489 |

जेठ १८, काठमाडौँ | साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक १६.५४ अंकले बढेरर १८६६.३४ बिन्दुमा कायम भएको छ । बुधबार ३८ अंकले घटेको बजारमा आज ६१ लाख २८ हजार ६२१ कित्ता सेयरको खरिदबिक्री हुँदा १ अर्ब ६५ करोड ४६ लाख ४८ हजार ९२२ रुपैयाँको बारोबार भएको छ । अघिल्लो का

Read More

आज पनि बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Posted on June 01, 2023 | views : 629 |

जेठ १८, काठमाडौँ | नेपाल सुनचाँदी व्यवसायी महासंघले आज पनि सुनको मूल्य बढेको जनाएको छ । महासंघले आजको मूल्य सूची तय गर्दै तोलामा ५०० रुपैयाँले मूल्य बढेको जनाएको हो । नेपाली बजारमा हिजो बुधबार पनि  सुनको मूल्य बढेको थियो । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ५०० रुपैयाँ कायम छ ।

Read More

सुनको मूल्यमा नयाँ कीर्तिमान कायम, कति पुग्यो तोलाको ?

Posted on May 31, 2023 | views : 1042 |

जेठ १७, काठमाडौँ | नेपाली बजारमा बुधबार सुनको भाउले फेरि नयाँ कीर्तिमान कायम गरेको छ।  बुधबार सुनको भाउ तोलमै १ हजार ५०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ४५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । मंगलबार पन

Read More

७ प्रदेशका लागि १ खर्ब ५ अर्ब वित्तीय हस्तान्तरण : कुन प्रदेशले कति पाए ? (पूर्णपाठ)

Posted on May 30, 2023 | views : 654 |

जेठ १६, काठमाडौँ | आगामी आर्थिक वर्ष २०८०/८१ का लागि अन्तरसरकारी वित्तीय हस्तान्तरण अन्तर्गत संघीय सरकारले ७ वटा प्रदेशका लागि कूल १ खर्ब ५ अर्ब ६ करोड ६८ लाख रुपैयाँ छुट्याएको छ । यस्तो बजेट समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपूरक अनुदान गरी चार शीर्षकको अनुदानमा उपलब्ध गराएको हो ।&nbs

Read More

६ महानगरपालिकासहित ७५३ स्थानीय तहलाई २ खर्ब ९५ अर्ब हस्तान्तरण, कसले कति पाए ?

Posted on May 30, 2023 | views : 509 |

जेठ १६, काठमाडौँ | आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत संघीय सरकारले स्थानीय तहलाई कूल २ खर्ब ९५ अर्ब २ करोड २ लाख रुपैयाँ वित्तीय हस्तान्तरण गरेको छ । अन्तरसरकारी वित्तीय हस्तान्तरण अन्तरगत केन्द्रले ६ वटा महानगरपालिकासहित ११ वटा उप–महानगरपालिका, नगरपालिका र गाउँपालिका गरी ७५३ वटै स्थानीय तहलाई

Read More

विदेशबाट महिलालाई ५० ग्रामसम्म सुन ल्याउन छुट, पुरूषलाई कति?

Posted on May 30, 2023 | views : 1774 |

जेठ १६, काठमाडौँ | विदेशबाट फर्केका यात्रुले आफ्नो साथमा पुरुषको हकमा पच्चीस ग्राम र महिलाको हकमा पचास ग्रामसम्म  सुनको गहना ल्याउन पाउने भएका छन् । आर्थिक विधेयकमा उल्लेख भएअनुसार यस परिणामको सुनको गहनामा कुनै पनि महसुल लाग्ने छैन । विगतमा विदेशबाट फर्कने यात्रुहरूले ५० ग्रामसम्मको सुनमा कर नत

Read More

विदेशबाट ल्याएका आइफोन र एक लाखमाथिका मोबाइलमा दश हजार कर

Posted on May 30, 2023 | views : 1521 |

जेठ १६, काठमाडौँ | विदेशबाट ल्याइएका आइफोन र एक लाख माथिका मोबाइल फोनमा रू दश हजार कर लाग्ने भएको छ । अन्य स्मार्टफोनमा रू तीन हजार र स्मार्टफोन बाहेकका अन्य मोबाइलमा रू दुई सय कर लाग्ने व्यवस्था सरकारले ल्याएको छ । विसं २०८० जेठ १५ गतेसम्म प्रयोगमा रहेका तर नेपाल दूरसञ्चार प्राधिकरणले कार्यान्वयनमा

Read More

स्वास्थ्य मन्त्रालयले पायो ८३ अर्ब ९९ करोड बजेट

Posted on May 29, 2023 | views : 430 |

जेठ १५, काठमाडौँ | सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ८३ अर्ब भन्दा भन्दा बढी बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ८३ अर्ब ९९  करोड बजेट विनियोजन गरिएको बताए ।

Read More

पर्यटनलाई उच्च प्राथमिकता दिँदै बजेट बढाइयो

Posted on May 29, 2023 | views : 378 |

जेठ १५, काठमाडौँ | सरकारले पर्यटन क्षेत्रका लागि रु ११ अर्ब ९६ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आज सङ्घीय संसद्मा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्दै  पर्यटनलाई उच्च प्राथमिकता दिइएको बताउनुभयो । पर्यटन क्षेत्रका लागि चालु आवमा रु नौ

Read More

विद्यालयका छात्रालाई स्यानीटरी प्याडका लागि १ अर्ब ४२ करोड

Posted on May 29, 2023 | views : 481 |

जेठ १५, काठमाडौँ | सरकारले विद्यालय तहका छात्रामा लागि निःशुल्क स्यानीटरी प्याडको व्यवस्था गर्ने भएको छ । आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले यसका लागि १ अर्ब ४२ करोड बजेट विनियोजन गरेको बताएका छन् ।

Read More

शिक्षा मन्त्रालयका लागि १ खर्ब ९७ अर्ब २९ करोड बजेट विनियोजित

Posted on May 29, 2023 | views : 390 |

जेठ १५, काठमाडौँ | सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि १ खर्ब ९७ अर्ब २९३ करोड रूपैयाँ विनियोजित गरेको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशसरण महतले उक्त बजेट विनियोजित गरेको बताएका हुन् । उक्त बजेट चालु आर्थिक वर्षको तुलनामा बढी हो ।

Read More

श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि ८ अर्ब ८ करोड

Posted on May 29, 2023 | views : 372 |

जेठ १५, काठमाडौँ | सरकारले श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि ८ अर्ब ८ करोड रकम बजेट बिनियोजन गरेको छ । सो मन्त्रालयमातहत विभिन्न कार्यक्रम घोषणा गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले सो जानकारी गराएका हुन् ।  बजेट भाषणमार्फत अर्थमन्त्रीले सामाजिक सुरक्षाको दायर बढाउँदै लगिने पनि बताए ।

Read More

प्रधानमन्त्री रोजगार कार्यक्रम परिमार्जन, ५ अर्ब ९४ करोड बजेट छुट्टयाइयो

Posted on May 29, 2023 | views : 426 |

जेठ १५, काठमाडौँ | सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई परिमार्जन गर्ने घोषणा गरेको छ । आगामी आर्थिक् वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री प्रकाशशरण महतले सो घोषणा गरेका हुन् ।  उनले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ५ अर्ब ९४ करोड बजेट छुट्याइएको जानकारी दिए ।

Read More

भूमि व्यवस्था मन्त्रालयलाई ७ अर्ब बजेट

Posted on May 29, 2023 | views : 345 |

जेठ १५, काठमाडौँ | आगामी आर्थिक वर्षमा घरजग्गाको कारोबार व्यवस्थित गर्ने सरकारले घोषणा गरेको छ । यसका लागि महानगरको संलग्नतामा एकीकृत कारोबारको आधार तय पार्ने अर्थमन्त्री डा. प्रकाशसरण महतले घोषणा गरेका छन् । यस्तै, सहकारी क्षेत्रको बचतलाई उद्यम विकास र रोजगारी सृजना हुने क्षेत्रमा लगानी गर्न प्रोत्

Read More

हेर्नुहोस! आज कतिमा हुँदै छ सुनचाँदी कारोबार?

Posted on May 29, 2023 | views : 448 |

जेठ १५, काठमाडौँ | नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको मूल्य स्थिर रहेको जनाएको छ । महासंघकाअनुसार आज आइतबारकै मूल्यमा सुन र चाँदीको कारोबार भइरहेको हो । यससँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख ८ हजार १०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ७ हजार ६०० रुपैयाँ कायम छ । हिजो आइतबार पनि यही

Read More

इमेज र शिव शिखर सहकारीले बचत हिनामिना गरेको विषय गण्डकी प्रदेशसभामा

Posted on May 29, 2023 | views : 938 |

जेठ १५, बागलुङ । सहकारीले बचत रकमको हिनामिना गरेको विषय गण्डकी प्रदेशसभामा प्रवेश गरेको छ । गण्डकी प्रदेशसभा सदस्यद्वय कृष्ण पाठक र डिल्लीराम सुवेदीले इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेड र शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताको रकम फिर्ता गर्ने वातावरण गराउन गण्डकी प्रदेश सरकारको ध्यानाक

Read More

सहकारीमा सर्वसाधारणको पाँच खर्ब रुपैयाँ

Posted on May 29, 2023 | views : 405 |

जेठ १५, काठमाडौँ । सहकारी संस्थामा सर्वसाधारणको कुल निक्षेप झन्डै पाँच खर्ब रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्ष २०७९/८० को फागुन महिनासम्ममा देशभर सञ्चालनमा रहेका ३१ हजार ३७३ सहकारीमा चार खर्ब ७८ अर्ब तीन करोड रुपैयाँ रहेको छ । अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७९/८० का अनुस

Read More

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Posted on May 28, 2023 | views : 653 |

जेठ १४, काठमाडौँ | नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि सुनको मूल्य घटेको छ । गतसाताको बिहीबारदेखि घट्न थालेको सुनको मूल्य आज आइतबारसम्म जारी रहेको छ । बिहीबार सुन तोलामा १ हजार रुपैयाँ घटेको थियो भने सोमबार तोलामा ५०० रुपैयाँले घटेको थियो । आज आइतबार समेत तोलामा २०० रुपैयाँले सुनको मूल्य

Read More

पशुपतिनाथ मन्दिरमा जलहरी राखेको विषयको छानबिन नरोकिने

Posted on May 28, 2023 | views : 372 |

जेठ १४, काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा संसदीय दलका प्रमुख सचेतक रमेशदत्त लेखकले जलहरीको विषयमा माओवादी सांसदले संसदमा उठाएको विषय संसदको रेकर्डबाट हटे पनि पशुपतिनाथ मन्दिरमा जलहरी राखेको विषयको अनुसन्धान नरोकिने स्पष्ट पारेका छन् । उनले संसदमा सांसदहरुलाई पूर्ण वाक् स्वतन्त्रता

Read More

९ महिनामा नेपालबाट ३९ करोडको यार्सागुम्बा विदेश निर्यात

Posted on May 27, 2023 | views : 443 |

जेठ १३, काठमाडौँ | चालू आर्थिक वर्ष २०७९/८० को यस अवधिमा नेपालबाट ३९ करोड रुपैयाँभन्दा धेरै मूल्यको यार्सागुम्बा निर्यात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार ९ महिनाको अवधिमा नेपालबाट ३९ करोड ९९ लाख रुपैयाँको यार्सागुम्बा निर्यात भएको हो । यस अवधिमा नेपालबाट ६१७ किलोग्राम यार्सागुम्बा निर्यात भएको

Read More

मलेसियन रिँगेट निरन्तर कमजोर, कति छ आज ?

Posted on May 27, 2023 | views : 1746 |

जेठ १३, काठमाडौं । वैदेशिक रोजगारको लागि नेपाली युवाहरुको आकर्षक गन्तव्य राष्ट्र मलेसियाको मुद्रा मलेसियन रिँगेट निरन्तर कमजोर बन्दै गएको छ । तीन साताअघि एक रिँगेटको २९ रूपैयाँ ४९ पैसामा कारोबार भएकोमा शुक्रबार नेपाल राष्ट्र बैंकले एक रिँगेट बराबर २८ रूपैयाँ ८७ पैसामा कारोबार भएको छ । आज बिदाको दिन

Read More

आज पनि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?

Posted on May 26, 2023 | views : 697 |

जेठ १२, काठमाडौँ | शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ५ सय रुपैयाँले घट्दै १ लाख ८ हजार ३ सय रुपैयाँमा झरेको हो । यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा ५ सय रुपैयाँले नै घट्दै १ ल

Read More

एक हजारले घट्यो सुनको मूल्य, हेर्नुहोस! कतिमा हुँदै छ कारोबार?

Posted on May 25, 2023 | views : 513 |

जेठ ११, काठमाडौँ | नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा सुनको मूल्य घटेको जानकारी दिएको छ । महासंघले हिजो बुधबारको तुलनामा आज बिहिबार सुनको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक हजारले घटेर एक लाख आठ हजार आठ सय रुपैयाँ कायम भएको छ

Read More