बढ्यो सुनको मूल्य

Posted on: 15 Apr, 2021

बैशाख २, काठमाडौँ । २०७८ सालको दोस्रो दिन सुनको मूल्य बढेको छ । ०७७ सालको अन्तिम दिन ८९ हजार ५ सयमा कारोबार भएको छापावाल सुनको मूल्य आज ३ सयले बढेर ८९ हजार ८ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै बिहिबार तेजाबी सुनको मूल्य प्रतितोला ८९ हजार ३ सय ५० कायम भएको हो । चैत २५ गते ८८ हजारमा कारोबार भएको सुनको मूल्य लगातार उकालो लाग्न थालेको छ । चैत २६ गते प्रतितोला १ हजारले बढेर ८९ हजारमा कारोबार भएको थियो । चैत २७ गते फेरि प्रतितोला ९ सयले बढेर ८९ हजार ९ सयमा कारोबार भएको थियो ।  

३१ गते घटेर ८९ हजार ५ सयमा कारोबार भएको सुनको भाउ फेरि बढेको हो । महासंघका अनुसार आज चाँदीको मूल्य पनि बढेको छ । चैत ३१ गतेको तुलनामा प्रतितोला ३० रुपैंयाले बढेर चाँदीको मूल्य आज १२ सय ९० मा कारोबार भएको महासंघले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!