नेप्से हाल सम्मकै उच्च विन्दुमा

Posted on: 13 Apr, 2021

चैत ३१, काठमाडौँ । साताको तेस्रो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से)२३.२३ अंकले बढेको छ । २०७७ सालको अन्तिम दिन आज नेप्से २३.२३ अंकले बढेर हाल सम्मकै उच्च विन्दू २७१४.७९ मा पुगेको हो । 

आज ७ हजार ६ सय कम्पनीको ७ हजार ६ सय ९४ पटकको कारोबारमा १ करोड ४६ लाख ९१ हजार ६ सय ४३ कित्ता शेयर कारोबार भएको छ । मंगलबार ७ अर्ब १४ करोड ३१ लाख ५१ हजार रुपैयाँमा शेयर खरिदबिक्री भएको हो ।

मंगलबार पाँच कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन एनआइसी एशिया लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ९.९७ प्रतिशत बढेको छ भने माउन्टेन इनर्जीको ९.८९ प्रतिशत, ज्योति लाइफको ९.८३ प्रतिशत, सिन्धु विकास बैंकको ९.८२ प्रतिशत र छ्याङ्दी हाइड्रोको ९.८० प्रतिशतले बढेको छ ।

कारोबारमा आएका १३ उपसमुहमा ६ उपसमूहको सूचक सकारात्मक देखिएका छन् भने बाँकी ७ उपसमूहको सूचक नकारात्मक देखिएका छन्। ग्लोबल आइएमई लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ४.२७ प्रतिशतले घटेको छ भने लक्ष्मी लघुवित्तको ४.२७ प्रतिशत, एनआरएन इन्फ्रास्टक्चरको ३.५६ प्रतिशत, इन्फिनिटी लघुवित्तको ३.४७ प्रतिशत र श्री इन्भेष्टमेन्ट फाइनान्सको ३.३८ प्रतिशतले घटेको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!