सांग्रिला डेभलपमेण्ट बैंकले गर्यो लाभांश घोषणा

Posted on: 28 Feb, 2021

फागुन १६, काठमाडौं । सांग्रिला डेभलपमेण्ट बैंकले लाभांश घोषणा गरेको छ । बैंकले हाल कायम चुक्तापूँजी रू. २ अर्ब ६० करोड ६६ लाख ४० हजारको आधारमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश दिने भएको हो । 

बैंकको फागुन १६ गतेको सञ्चालक समितिले गरेको यो प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!