विदेशबाट ल्याएको पॅंहेलो धातुको बाला सहित विमानस्थलबाट एक पक्राउ

Posted on: 26 Feb, 2021

फागुन १४, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन जस्तो देखिने पॅंहेलो धातुको बाला सहित एक माहिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौँको थलि बस्ने पुस्पा तामाङलालाई पॅंहेलो धातुको २ थान बाला सहित प्रहरीले नियन्त्रणमा लिएको हो । 

उनलाई बिहिबार पक्राउ गरिएको विमानस्थल प्रहरीले जनाएको छ । प्रहरीका अनुसार नेपाल एयरलाइन्सको उडानद्वारा बाहिरी मुलुकबाट काठमाण्डौं आएका यात्रुबाट सुन जस्तो देखिने पॅंहेलो धातुको बाला थान -२ भन्सार छली गर्न लगाई अवैध रुपमा संकलन गरी लैजान लागेको भन्ने सूचनाको आधारमा बिमानस्थलको अन्तर्राष्‍ट्रिय पार्किङबाट पक्राउ गरिएको हो । 

प्रारम्भिक अनुसन्धान तथा सोधपुछ गर्दा उनको आफन्त जेठाजु नाता पर्नेले बिगतमा समेत पटक-पटक यसरी भन्सार छलि गरी पठाएको भन्ने बुझिएकोले बाला सहित उनलाई आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयगौचर पठाईएको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!