सुनको मूल्य ७ सयले घट्यो,कति पुग्यो प्रतितोला ?

Posted on: 17 Jan, 2021

माघ ४, काठमाडौँ । आइतबार सुनको मूल्य घटेको छ । शुक्रबारको तुलनामा आज प्रतितोला रु ७ सयले घटेर छापावाल सुनको मूल्य ९१ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय कायम भएको महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाले घटेको छ । महासंघका अनुसार १२ सय ३० रुपैयाँमा चाँदी प्रतितोला कारोबार भइरहेको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!