सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

Posted on: 15 Jan, 2021

माघ २, काठमाडौं । माघ महिनाको पहिलो दिन हिजो प्रतितोला ८ सय रुपियाँ घटेको सुनको मूल्य शुक्रबार (आज) प्रतितोला ४ सय रुपियाँ बढेको छ । चाँदी पनि हिजो प्रतितोला १५ रुपियाँ घटे पनि आज फेरि १५ रुपियाँ नै उकालो लागेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ५  सय रुपियाँ, तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार रुपियाँ र चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ६० रुपियाँ कायम गरिएको छ । 

हिजो भने छापावाल सुन प्रतितोला ९२ हजार १ सय रुपियाँ, तेजाबी सुन प्रतितोला ९१ हजार ६ सय रुपियाँ र चाँदी प्रतितोला १ हजार २ सय ४५ रुपियाँमा किनबेच भएको थियो । अन्तर्राष्ट्रिय बजारमा हिजो ओरालो झरेको सुनचाँदीको मूल्य आज पुनः उकालो लागेकाले त्यसैको प्रभाव नेपाली बजारमा पनि परिरहेको महासंघले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!