सुनचाँदीको मूल्य घट्यो, आजको मूल्य कति ?

Posted on: 27 Sep, 2020

असोज ११, काठमाडौं । आइतबार सुनको मुल्यमा गिरावट आएको  छ । आइतबारको लागि छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार ३ सय तोकिएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । गत शुक्रबार छापावाला सुन प्रतितोला ९३ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज तेजावी सुन प्रति तोलाको मूल्य ९२ हजार ८ सय रुपैयाँ रहेको छ । साथै, चाँदीको मूल्य प्रतितोला १ हजार १ सय ५० रुपैयाँ तोकिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!