सुनको मुल्य प्रतितोला ८ सयले बढ्यो

Posted on: 25 Sep, 2020

असोज ९,काठमाडौं । सोमबारबाट निरन्तर ओरालो लागेको सुनको मूल्य शुत्रबार प्रतितोला ८ सय रुपैयाँले बढेको छ । बिहिबार ९३ हजार १ सय रूपैयाँमा छापावाला सुनको कारोबार भएको थियो ।

आज छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार ८ सय रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यावसायी संघले जनाएको छ ।

त्यसैगरी, तेजावी सुनको प्रति तोलाको मूल्य ९३ हजार ४ सय रुपैयाँ रहेको छ । साथै, चाँदीको मूल्य प्रतितोला १ हजार १ सय ६० रुपैयाँ तोकिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!