असोज १ देखि हवाई टिकटको बुकिङ खुल्ने, यस्तो छ विमान चड्ने मापदण्ड

Posted on: 15 Sep, 2020

भदौ ३०, काठमाडौं । सरकारले आन्तरिक उडान खुल्ने मिति तोकेसँगै वायुसेवा कम्पनी बुकिङ खुलाउने तयारीमा छन् । उडानको मिति असोज ५ गतेको लागि तोकिएको अवस्थामा कुन-कुन गन्तब्यमा उडान गर्न पाइन्छ भन्ने कुरा भने अहिलेसम्म निर्धारण भएको छैन । 

उडान सुचारू भए पनि सबै गन्तब्यमा शतप्रतिशत उडान भने हुनेछैन । पहिलो चरणमा निश्चित गन्तव्य तोकेर उडान हुने बताइएको छ । सरकारले भदौ ५ देखि लामो दूरीको यातायातका साधन देशव्यापी खोल्ने निर्णय गरेको अवस्था छ । त्यसै अनुसार सबै गन्तव्यमा जहाज समेत उड्न सक्ने बताइएको छ तर त्यसको विषयमा निर्धारित तालिका नआई स्पष्ट भन्न नसकिने अवस्था छ ।

यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पहिलो चरणमा तराईमा नभई पहाडी र हिमाली भेगका विमानस्थलबाट उडान थाल्ने योजना रहेको बताएका थिए ।


अब सुरु हुने उडानमा स्वास्थ्य मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणले जारी गरेका स्वास्थ्य सम्बन्धी मापदण्ड पुरा गर्नुपर्ने हुन्छ । जस अनुसार ज्वरोसहित कोरोनाको लक्षण भएका बिरामीले जहाज चढ्न पाउदैनन् न् । साथै जहाज चढ्नु अगाडी अब आफ्नो परिचय र यात्रा विवरण खुल्ने फारम समेत भर्नुपर्छ । त्यस्तै यात्रा गर्दा अनिवार्य मास्क लगाउनुपर्छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!