सुनचांदीको भाउ आजपनि बढ्यो

Posted on: 15 Sep, 2020

भदौ ३०, काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको लागि सुनको मूल्य तोलामा ९७ हजार ५ सय रुपैयाँ तोकिएको छ । हिजो सोमबार ९६ हजार ९ सय रुपैयाँ तोकिएको थियो । हिजोको तुलना तोलामा ६ सय रुपैयाँ बढेको हो ।

आज तेजावी सुनको मूल्य  तोलामा ९७ हजार रुपैयाँ तोकिएको छ । यस्तै आज चाँदीको मूल्य तोलामा २० रुपैंया बढेको छ । हिजो चाँदीको भाउ १ हजार ३ सय २० रुपैयाँ रहेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!