नारायणगढ –मुग्लिन सडक एकतर्फी खुला

Posted on: 11 Sep, 2020

भदौ २६, चितवन | नारायणगढ –मुग्लिन सडक खण्डको चारकिलो नजिक पहिरो खस्दा अवरुद्ध भएको सडक एकतर्फी सञ्चालनमा आएको छ । 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान १०:३० बजे सडक एकतर्फी सञ्चालनमा आएको हो । बिहान ८:१० बजे  नारायणगढबाट ३१ दशमलव ३ किमी मुग्लिनतर्फ चारकिलो नजिकै पहिरो खसेको थियो ।

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख कृष्णराज अधिकारीका अनुसार दुईतर्फी सञ्चालनका लागि काम भइरहेको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा पहिरो खसेको हो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!